दरबारमार्गमा हुने एमालेको जागरण सभाको तयारी पूरा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले भोलि शुक्रबार (मंसिर ७ गते) काठमाडौंमा गर्न लागेको जागरण सभाको तयारी पूरा भएको जनाएको छ । एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको बताए । यसअघि भृकुटीमण्डपमा गर्न लागिएको कार्यक्रम त्यहाँ ठाउँ साँघुरो हुने भएकाले दरबारमार्गमा सारिएको ढुंगेलले जानकारी दिए । आयोजक तीनवटा जिल्ला तथा काठमाडौंमा रहेका सम्पर्क मञ्च र आसपासका जिल्लाबाट आउने कार्यकर्ता र शुभेच्छुकहरूको चाप ठूलो भएकाले स्थान परिवर्तन गरिएको ढुंगेलले बताए ।

जागरण सभा अघि हुने र्‍याली पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर ७ गते बिहान ११ बजे भद्रकालीबाट सुरु भई सुनधारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको ढुंगेलले बताए । समाजमा सरकार र एमाले पार्टी विरुद्ध उठाइएको योजनाबद्ध रूपको अराजकता, अनुशासनहीनता तथा अराजनीतिक व्यवहारलाई चिर्न जागरण सभा गर्न लागिएको ढुंगेलले बताए । ‘फेक न्युज लेख्नेदेखि लिएर, कानुन, अदालत, सरकार केही नमान्ने, नारा जुलुस गर्ने कुरा गलत हो भन्ने कुरा जनतासम्म पुर्‍याउन यो कार्यक्रम आयोजना गरिएको हो’, ढुंगेलले भने । सरकारमा रहेको बेला पनि सरकारमा सामेल राजनीतिक दलले जनतालाई अपिल गर्न पाउने ढुंगेलले प्रष्ट पारे । यस्ता कार्यक्रम अन्य मुलुकमा पनि हुने गरेका र नेपालमा पनि यसअघि बारम्बार हुने गरेका ढुंगेलले सुनाए ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो, लोकतन्त्रमा सत्तामा हुन् वा नहुन्, राजनीतिक दल जनता भन्दा टाढा हुँदैनन्, जनताभन्दा बाहिर रहन सक्दैनन्’, ढुंगेलले भने । सरकारमा रहेका दलको प्रमुख काम सेवा प्रवाह गर्नु नै भएको बताउँदै ढुंगेललले यस बाहेक आफ्ना कुरा जनताका बीचमा लैजान राजनीतिक दललाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । यति बेला सरकार, पार्टी, नेता, देश, संविधान र व्यवस्थालाई नै थ्रेट छ, देशी, विदेशीको उक्साहटमा लाग्ने केही अराजक र अराजनीतिक मानिसहरूले जुन भाष्य निर्माण गरेका छन्, त्यसको विपक्षमा जनतालाई सजग गराउन यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।उपत्यका भित्रको एमालेको शक्तिलाई कार्यक्रममा उतार्ने ढुंगेलले बताए । ‘उपत्यका बाहिरका काठमाडौंमा रहेका साथीहरू पनि कार्यक्रममा सहभागी हुनुहुन्छ, एमाले सिद्धिएको होइन, नेपालको भविष्य बनाउने, सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टी नेकपा एमाले हो भन्ने सन्देश सभामार्फत हामीले जनतालाई दिने छौँ’, ढुंगेलले भने । देश र व्यवस्थालाई बलियो बनाउँछु भन्ने पार्टीलाई कमजोर बनाएर देशलाई खरानी बनाउने योजना बनाउनेका विपक्षमा मंसिर ७ को कार्यक्रम भएको ढुंगेलले स्पष्ट पारे । ‘एमालेलाई कमजोर बनाउनु भनेको लोकतन्त्र र राष्ट्रवादी शक्तिलाई कमजोर बनाउनु हो, यस्ता शक्तिसँग नागरिकलाई सचेत गराउने हाम्रो उद्देश्य हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...