दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्छ : सूर्य थापा



 

 

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताएका छन् । प्रसाईं विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित भएकाले नियन्त्रणमा लिनुपर्ने उनको माग छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोप पुष्टि गर्न लगाउन पनि उनले माग गरेका छन् । प्रसाईंले एमाले अध्यक्ष ओलीको कम्बोडियाको एउटा टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी भएको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि थापाले यस्तो प्रतिक्रिया जनाएका हुन् । बैंकहरूको अरबौँ रुपैँया ऋण लिएर नतिरी बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारणलाई भ्रममा पारेर वित्तीय अपराध गरिरहेका प्रसाईंले किर्ते कागजको अपराध सुरु गरेको थापाको भनाई छ । ‘बैंकको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अरबौँ रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेछ, विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस्’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । प्रसाईं मानसिक रूपमा पनि अस्वस्थ देखिएकोले स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि उनले माग गरेका छन् । ‘मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस्’, उनले लेखेका छन् । आफूलाई सामाजिक अभियन्ता भन्ने प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए । प्रसाईंले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका छन् । यो सुरुवात मात्र भएको भन्दै यस्ता प्रमाणहरू अन्य दलका नेताहरूका पनि आइरहने धम्की पनि प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको