नेपाल एयरलाइन्सका चारवटै विमानबाट नियमित उडान सुरु



हाम्रो इकोनोमि

 

 

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु  (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुन: उडान सुरु गरेको हो । आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको हो । मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् । नियमित मर्मतमा गएका विमान महिनौसम्म नफर्किदा केही महिनायता नेपाल एयरलाइन्सका अन्तराष्ट्रिय प्रभावित हुँदै आएका थिए । सवै विमान सेवामा आएसँगै अन्तराष्ट्रिय उडान तालिकाहरु सुचारु हुने नेपाल एयरलाइन्सले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...