जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने



हाम्रो इकोनोमि

 

 

 जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ।  एमालेले कांग्रेसलाई सहयोग सहयोग गरेर जाने भएको छ ।मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्ता दल नेकपा एमाले र काँग्रेसबिच सहमति भएको हो । नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको हो । कांग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन् । टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।२०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चलिरहेको थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी,नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...