श्रीलंकामा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ



हाम्रो इकोनोमि

 

 

चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ बहुमत सीट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मतसहित संसदमा एकल बहुमत बनाएको हो । त्यहाँको कम्युनिस्ट पार्टीले प्रतिस्पर्धी गठबन्धन समागी जन बलवेगयालई निकै पछाडि छाडेको अल जजिराले जनाएको छ । २२५ सीट रहेको संसदमा यसअघि कम्युनिस्ट पार्टीको तीन सीट मात्र थियो । गत महिना सम्पन्न निर्वाचनमा सो पार्टीका नेता अनुरा कुमाराले कार्यकारी राष्ट्रपति जितेका थिए । उनले लोकप्रियताका आधारमा राष्ट्रपति जिते पनि संसदमा ३ सीटबाट बहुमत ल्याउने अनुमान कसैको थिएन । २२५ मध्ये १०७ सीट कम्युनिस्ट पार्टीले जितिसकेको छ ।  बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । श्रीलंकाको संसदमा १९६ जना प्रत्यक्ष निर्वाचित हुन्छ्न भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...