चुनावी गठबन्धन नगर्ने माओवादीको निर्णय



हाम्रो इकोनोमि

 

 

 नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले बताए । उनले  भने, ‘आजको बैठकले सिफारिस भएर आएको उम्मेदवारको नाम अनुमोदन गरेको छ । अनुमोदनसँगै पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन पनि गरेको छ । हामी यो निर्वाचनमा एक्लै लड्छौँ । उनले केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्नसक्ने पनि बताए । उनले भने, ‘केही स्थानीय तहमा तलको कमिटीले गर्नसक्छन्, सत्तारुढ दलबाहेक विपक्षीसँग आवश्यकताको आधारमा हुनसक्छ । मंसिर १६ गते स्थानीय तहको ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...