बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 बागलुङमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७  नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको  हो । दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ले जानकारी दिए । मृतकको पहिचान खुलिसकेको छैन । भ्यानमा चालकसहित ६ जना सवार थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...