बालुवाटारमा रास्वपाको प्रदर्शन



हाम्रो इकोनोमि

 

 

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको बताउँदै भर्त्सना गरेका छन् । शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन् लोकतान्त्रिक मूल्य–मान्यताको चरम उल्लङ्घन हो’, उनले भनेका छन् । रास्वपाले बालुवाटारको नेपाल हाउस नजिक प्रदर्शन गर्ने बताए पनि प्रहरीले रोकेपछि केही तल भाटभटेनी नजिक पीपल बोटमा प्रदर्शन गरेको छ । आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, व्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ । यसका साथै कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय भएको छ । सहकारी ठगीमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरा हुँदै काठमाडौंमा आन्दोलन जारी राखेको छ । लामिछाने कास्की प्रहरीकाे हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाजवादी मोर्चाबाट विप्लव अलग

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग...

हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त

  हयात रिजेन्सी होटलले जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको होटल मर्मतका नाममा होटलमा...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

    मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध नेकपा (एमाले) बाहेकका ७४ जना सांसदले...