तथ्य र प्रमाण हेरेर अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक



 

 

गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर गरिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले भने, ‘कुनै पनि अपराधिक कार्यमा जो पनि अनुसन्धानको दायरामा आउँछ र आउनुपर्छ । कसैमाथि पनि काखापाखा हुदैँन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन । कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख होइन, तथ्य हेरेर र प्रमाण हेरेर गरिन्छ । बैठकमा सहभागी अधिकांश सांसदले अख्तियार तथा प्रशासनिक निकायले अपराधमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्दा सत्तापक्ष र प्रतिपक्षको हिसाब-किताब गरेर गर्ने गरिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
जलनजस्तो संवेदनशील विषयमा आचारहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा : अध्यक्ष बस्नेत

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालमा नकरात्मक सामाग्री मात्र

अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज

    उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर

तीनै तहको सरकार मिलेर देश बनाउनुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई

बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार मेला सम्पन्न

    बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ