राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने



 

 

सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राज्यपक्षले ज्यादतिपूर्ण व्यवहार गरेको गुनासो गरेका छन् । आज म्याद थपका लागि अदालत प्रस्तुत गरिँदा न्यायाधिससामु उनले सो गुनासो गरेका हुन् । उनी इजलासमा निकै आक्रोशितरूपमा प्रस्तुत भएको स्रोतले बतायो । ‘माथि’ को निर्देशनमा प्रहरीले आफूलाई राम्रो व्यवहार नगरेको र मानसिक यातना दिएको उनले दाबी गरेका थिए । उनको म्यादसम्बन्धी सुनुवाइ न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भएको थियो । रविका वकिल वरिष्ठ अधिवक्ता नारायण घिमिरेले सुरूमा रविले केही बोल्न चाहेको बताएका थिए । त्यसपश्चात प्रहरी उपरीक्षकले प्रश्न गरे, ‘तपाईँले कुन कागजमा हस्ताक्षर गर्नुभएको छ ?प्रहरीको यस्तो प्रश्नले रवि उत्तेजित बनेका थिए । उनले भने, ‘ममाथि तपाईंहरूबाट अन्यायपूर्ण व्यवहार भएको छ । राजनीतिक प्रतिशोध साँध्न खोजियो । मलाई हिरासतभित्र मानसिकरूपमा ह्यारेसमेन्ट गर्न खोजिएको छ । मैले सबैतिर बयान दिएको छु । सबै परीक्षामा पास भएको छु । मेरो कतै पनि सहभागिता नरहेको प्रष्ट भइसकेको छ । तर, राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो । रविले आफ्नो स्वर चर्को हुन गएको र यो आक्रोशको अभिव्यक्ति भएको बताए । उनले आफूलाई न्यायालयप्रति विश्वास रहेको उल्लेख गरे । ‘मलाई अदालतले नै हो न्याय दिने,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका