वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् ।बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा उनले करिब दुई तिहाइको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने औंल्याए । हाम्रो संख्या कति पुग्छ त्यसमा भर पर्छ । कांग्रेस र एमालेको संसदको संख्या भनेको झण्डै-झण्डै २ तिहाइको बहुमतको संख्या छ । जबसम्म कांग्रेसले हात झिक्दैन तबसम्म त यो सरकार चलिरहन्छ नि ! नेपाली कांग्रेसले पनि हात झिक्नुपर्ने अवस्था म चैँ देख्दिनँ’, कोइरालाले भने ।सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उनको भनाइ छ । जनताले आशा र अपेक्षा गरेअनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको कोइरालाले टिप्पणी गरे ।रास्वपाप्रति लक्षित गर्दै उनले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएकोले न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको बताए । सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको शेखरले बताए ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...