कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान



हाम्रो इकोनोमि

 

 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ । जसअनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान हुनेछ । भैरहवामा मंगलबार फ्लाई दुवईका टोलीसँग छलफल भएपछि टिकट बुकिङ खुलेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । दुबईबाट आएको जहाज दिउँसो १ः४५ मा जहाज भैरहवा अवतरण गर्नेछ । २ः ४५ मा जहाज काठमाडौँ प्रस्थान गर्नेछ । भैरहवाबाट दुबई जान चाहनेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ । फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा हो । भैरहवाबाट उडान गर्ने जहाजलाई ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डीङ, पार्किङ निःशुल्क छ। त्यस्तै टिकट कर र इन्धनमा समेत सहुलियत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...