कात्तिक २५ देखि भैरहवामा फ्लाई दुवईको दैनिक उडान



हाम्रो इकोनोमि

 

 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ । जसअनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान हुनेछ । भैरहवामा मंगलबार फ्लाई दुवईका टोलीसँग छलफल भएपछि टिकट बुकिङ खुलेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । दुबईबाट आएको जहाज दिउँसो १ः४५ मा जहाज भैरहवा अवतरण गर्नेछ । २ः ४५ मा जहाज काठमाडौँ प्रस्थान गर्नेछ । भैरहवाबाट दुबई जान चाहनेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ । फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा हो । भैरहवाबाट उडान गर्ने जहाजलाई ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डीङ, पार्किङ निःशुल्क छ। त्यस्तै टिकट कर र इन्धनमा समेत सहुलियत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...