धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई रेड नोटिस जारीका लागि पत्राचार गरेको प्रहरी उच्च स्रोतले  जनाएको छ । ललितपुरको मितेरी सहकारीको बचत अपचलनमा सीआईबीले अनुसन्धान गरिरहेको छ । गुरुङ उक्त सहकारीको तत्कालीन प्रबन्ध निर्देशक थिइन् । मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ । ज्योतिसँग धनराजले २०७६ फागुनमा कागजी सम्बन्धबिच्छेद गरेका थिए । तर, सहकारी ठगीबाट उम्किनका लागि धनराजले पत्नीसँग नक्कली डिभोर्स गरेको र व्यवहारिक रूपमा अझै पति–पत्नी नै रहेको चर्चा छ । धनराजले कथित सम्बन्धबिच्छेदपछि पनि पूर्वपत्नीको नाममा ऋण तिरिरहेका थिए । प्रहरीको सूचना अनुसार धनराजकी पत्नी ज्योति अहिले अमेरिकामा छन् । सामान्यतया कुनै पनि देशको प्रहरीले पत्राचार गरेपछि इन्टरपोलले नोटिस जारी गर्छ । इन्टरपोलमा आबद्ध १९६ राष्ट्रमा उक्त नोटिस पुग्छ । तर, त्यो बाध्यकारी भने हुँदैन । सम्बन्धित देशको प्रहरीले आवश्यक नठानेमा नोटिसलाई नजरअन्दाज पनि गर्न सक्छन् । यसअघि जीवी राईलाई पनि इन्टरपोलले नोटिस जारी गरेको थियो । तर, मलेसियाको प्रहरीले उनलाई पक्राउ गर्न चाहेन । धनराजको अझै पनि श्रीमतीसँग सम्बन्ध र सम्पर्क रहेको बताइए पनि प्रहरीले उनलाई छानबिनमा तानेको छैन । जबकि मितेरी सहकारीबाट अपचलन गरेको पैसा उनकै घरमा भित्रिएको हो । धनराजकी पत्नी ज्योति प्रबन्ध निर्देशक भएको समयमा नै आन्तरिक छानबिन गर्दा १२ करोड ९० लाख रुपैयाँ अपचलन भएको खुलेको थियो । त्यसको करिब एक वर्षपछि ज्योति फरार बनेकी थिइन् । २९ फागुन २०७६ मा धनराजले ज्योतिसँग कागजी डिभोर्स गरे पनि २०७७ सालमा थप कर्जा लिँदा उनले हकवालामा ज्योतिलाई श्रीमतीकै हैसियतमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...