रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार



 

 

रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी टसमस नभएपछि अश्रुग्यास प्रहार गरिएको छ । त्यसक्रममा रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो । अश्रुग्यास प्रहारपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् । महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । रविलाई म्याद थपका लागि अदालत प्रवेश गराइएको छ । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको