सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ



 

 सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो । रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् । रास्वपा नेताहरुले प्रहरीलाई असहयोग नगर्न आग्रह गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

     पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन् । उनले

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा