पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु



 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको एक नेताले जानकारी गराए । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए । पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी सचेत छौं, केन्द्रीय कार्यालयमा रहेका नेताले भने । नेताहरु सभापति लामिछानेको कार्यकक्षमा रहेको उनले जानकारी गराए ।६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन आव्हन नगरिने उनले बताए । ‘स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु आउन सक्नुहुन्छ । पार्टीले भेला हुन भनेर बोलाउँदैन,’ उनले भने,‘दुर्गा प्रसाई पक्राउ पर्दा त उनका समर्थक उत्रिन्छन् भने हाम्रो सभापति पक्राउ पर्नुभयो भने कार्यकर्ता-शुभेच्छुकहरु विरोध स्वतस्फूर्त गर्नसक्छन् । विरोध गर्नका लागि आव्हान गरेका छैनौं ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको