पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको एक नेताले जानकारी गराए । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए । पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी सचेत छौं, केन्द्रीय कार्यालयमा रहेका नेताले भने । नेताहरु सभापति लामिछानेको कार्यकक्षमा रहेको उनले जानकारी गराए ।६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन आव्हन नगरिने उनले बताए । ‘स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु आउन सक्नुहुन्छ । पार्टीले भेला हुन भनेर बोलाउँदैन,’ उनले भने,‘दुर्गा प्रसाई पक्राउ पर्दा त उनका समर्थक उत्रिन्छन् भने हाम्रो सभापति पक्राउ पर्नुभयो भने कार्यकर्ता-शुभेच्छुकहरु विरोध स्वतस्फूर्त गर्नसक्छन् । विरोध गर्नका लागि आव्हान गरेका छैनौं ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...