रामेछापमा यात्रुलाई नि:शुल्क खाजा



 

 

दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । चालक तथा सहचालकहरुले विश्राम गर्दा सम्भावित दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई पनि सुविधा हुने भनेर प्रहरी र खाँडादेवी गाउँपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् । यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो रीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विश्रामस्थलमा निःशुल्क खाजाको सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए । उनले भने, लामोदुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई/तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ । उनका अनुसार यो अभियान दशैं मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दशैं मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको