बाढी, पहिरो र डुबानमा परी हालसम्म २४६ को मृत्यु



 

 

हालैको बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म १८ जना बेपत्ता रहेका र एक सय ७८ जना घाइते भएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको र सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको जनाएको छ । बाढी, पहिरो तथा डुबानमा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते र ६ जना बेपत्ता रहेका छन् । काभ्रेपलाञ्चोकमा नै सबैभन्दा बढी १२ हजार ६४७ जनाको उद्धार भएको छ । दोस्रोमा ललितपुरमा ४६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते र ५ जना बेपत्ता रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते तथा ८ जना बेपत्ता रहेका छन् । बागमती प्रदेशमा नै सबैभन्दा बढी १३ हजार ६९४ जनाको उद्धार भएको छ । दोस्रोमा काठमाडौं उपत्यका ३ जिल्लामा मात्रै ७० जनाको मृत्यु भएको छ भने ३७ जना घाइते र ६ जना बेपत्ता रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै २ हजार १५८ जनाको उद्धार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू