म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग गरेको दाबी गरेका छन् । निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको बताए । उनले भने, ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो । तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ । त्यसको व्याख्या अपव्याख्या जे गरे पनि । त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन । तर त्यसरी आएको पैसाको सेयर होल्डर पनि भएकाले त्यसको जिम्मेवारी लिनुपर्छ त्यो प्रतिवेदनले भनेको छ । उनले आफू प्रबन्ध निर्देशक भएपछि कार्यकारी अध्यक्षले सफ्ट लोनको रूपमा ल्याएको पैसाको स्रोत खोज्न कसैले नसक्ने बताए । उनले अहिले आफू राजनीतिमा आएपछि सरकारीको समस्या छाडेर आफूलाई केन्द्रित गरेर लागेको गुनासो गरे । उनले भने, ‘मैले कसैको पैसा ठगेको छैन । अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु । गलत ढंगले फसाउन खोजेर सकिन्न , दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस् । अनुसन्धानमा सघाउँछु । उनले सहकारीको रकम फिर्ता नभएसम्म आफू र आफ्नो पार्टीले निरन्तर पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...