२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो



हाम्रो इकोनोमि

 

 

बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो । ५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटे । थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको ९.४५, अपरहेवाखोलाको ८.०२, नेपाल वेयरहाउजिङको ७.७, उपकार लघुवित्तको ७.६, गुडविल फाइनान्सको ७.१ तथा गुराँस लघुवित्तको ४.२ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको १० तथा न्यादी हाइड्रोपावरको ९.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...