निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिनु भएको छ । आज अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानी प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानी पाउनुपर्छ भनेर म मन्त्री भएर आएदेखि नै भन्दै आइरहेको छु । त्यसका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउनुपर्छ भनेर जोड दिँदै आएको छु । त्यसका लागि २० अर्ब जति भुक्तानी भएको पनि छ । तर यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व पाइसकेको छैन । हामी सम्पन्न भएको कामको भुक्तानीका लागि काम गरिरहेका छौं । केही प्रक्रिया रोकिएको छैन । तपाईले भुक्तानी पाउनुहुनेछ । दशैं अगाडि नै हामी प्रयास गर्छौं । संसदले पास गरेको बजेटका लागि तपाईहरुले चिन्ता गर्नुपर्दैन । निर्माण कम्पनीहरुले पाउनुपर्ने रकम धेरै र उक्त शीर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानीमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...