माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा



 

 

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ । उमेर हदको विषयलाई लिएर काठमाडौंको कीर्तिपुरमा जारी २३ औं सम्मेलनमा धकेलाधकेल भएको हो । हिजो बसेको माओवादी पदाधिकारी बैठकले उमेर हदमाथि मतदान गराउने तर नेतृत्व चयनमा हस्तक्षेप नगर्ने निर्णय गरेको थियो । तर, कार्यकर्ताले आज सम्मेलनस्थलमा हुलदंगा मच्चाएका छन् । प्रहरीले सामान्य बल प्रयोग समेत गरेको छ । अध्यक्षका आकांक्षी केशव रावलले पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा कीर्तिपुरमा असर देखिएको टिप्पणी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी गुटहरूले विद्यार्थीमा गुटको उम्मेदवार टुङ्गो लाउन नसक्दा देखिएको असर हो कीर्तिपुर झुर फेरि पनि भन्छु गुटबन्दी अन्त्य गर्नुपर्छ । हिजो पनि महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो । उमेर हदको विषयमा पक्ष विपक्षमा प्रतिनिधिहरूले सम्मेलनस्थलमा नाराबाजी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक