झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो



हाम्रो इकोनोमि

 

 

धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ । सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए । यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो । आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो । उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन । शनिवार अपरान्ह मात्र उक्त ठाउँमा सवारी साधन पुरिएको आशंका सुरु गरिएको थियो । सशस्त्र प्रवक्ता न्यौपानेले अपराह्न ४ बजे आफूहरूलाई जानकारी आएपछि टोली परिचालन गरिएको बताए । ती सवारी साधन कतिबेला पुरिएका थिए भन्ने अझै यकिन हुन सकेको छैन । यसअघि विपद् प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...