हेटौंडा-काठमाडौंको आधा दर्जन सडक अवरुद्ध



 

 

 हेटौंडा-काठमाडौं जोड्ने आधा दर्जन छोटा मार्ग अवरुद्ध भएका छन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ हेटौंडा-पालुङ-नौबिसे सडक खण्ड अवरुद्ध छ । अघिल्ला वर्षहरूमा बाढीपहिरोले अन्य सडकहरू अवरुद्ध हुँदा पनि त्रिभुवन राजपथ सञ्चालन हुने गरेको थियो । थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । कान्तिलोकपथ सडक खण्डको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले बताए । दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुलेखानी मार्छु भित्रि सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्णरुपमा अवरोध भएको छ । भीमफेदि गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसी हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । यस्तै, आधा दर्जन ठाउँमा पहिरो जाँदा फाखेल-हुमाने-चखेल-मातातिर्थ-सतुङगल सडक खण्ड पनि अवरुद्ध भएको छ । हेटौंडासँग जोडिएको पूर्व-पश्चिम लोकमार्ग मात्रै सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ