नारायणी नदीले एक सयभन्दा बढी घर डुबानमा



 

 

नारायणी नदीमा आएको बाढीले नवलपरासीको गैंडाकोटस्थित सुकुम्बासी बस्ती र बोटे टोल डुबानमा परेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढस्थित नारायणी नदीको पुलभन्दा पूर्व-उत्तरतर्फ रहेको बस्ती डुबानमा परेको हो । त्यहाँका करिब एक सय घरपरिवार डुबानमा परेको छ । वडा नम्बर २ स्थित नदी किनारका घर डुबेका हुन् । प्रहरीले डुबान क्षेत्रमा उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरिरहेको जनाएको छ । डुबानमा परेका बस्तीका स्थानीयलाई उद्धार गरेर नजिकैको स्कुलमा लगिने प्रहरीले जनाएको छ । लगातारको झरीले शनिबार बिहानबाट नारायणी नदीमा पानीको सतह ह्वावात्तै बढेको छ । नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्