देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो



 

 

 अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका स्थानमा अहिलेसम्म १६ स्थानमा चेतावनीको तह पार गरेको हो । वर्षा मापन केन्द्रमध्ये धेरै जसो कोशी प्रदेशका रहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ भने मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ । कोशी प्रदेशको मोरङको हरइचा, बाहुनी, विराटनगर विमानस्थल, झापाको अनारमनी बिर्ता, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा र बाहुनडाँगी, इलामको कन्काई मैनाचुली र उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गरेको छ ।  यस्तै मधेश प्रदेशमा सप्तरीको ब्रमाझिया र रुपानी बजार र लुम्बिनी प्रदेशको पाल्पाको जाल्पा र अर्चालेमा चेतावनीको तह पार गरेको हो । विभागका अनुसार अहिले देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार गरेर दुई दिन हिमाली तथा पहाडी जिल्लामा रात्रि बस नचलाउन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई