देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो



हाम्रो इकोनोमि

 

 

 अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ । अत्यधिक वर्षाका कारण वर्षा मापन केन्द्र रहेका स्थानमा अहिलेसम्म १६ स्थानमा चेतावनीको तह पार गरेको हो । वर्षा मापन केन्द्रमध्ये धेरै जसो कोशी प्रदेशका रहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ भने मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ । कोशी प्रदेशको मोरङको हरइचा, बाहुनी, विराटनगर विमानस्थल, झापाको अनारमनी बिर्ता, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा र बाहुनडाँगी, इलामको कन्काई मैनाचुली र उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गरेको छ ।  यस्तै मधेश प्रदेशमा सप्तरीको ब्रमाझिया र रुपानी बजार र लुम्बिनी प्रदेशको पाल्पाको जाल्पा र अर्चालेमा चेतावनीको तह पार गरेको हो । विभागका अनुसार अहिले देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार गरेर दुई दिन हिमाली तथा पहाडी जिल्लामा रात्रि बस नचलाउन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...