श्रीमानद्वारा श्रीमतीको गोली हानी हत्या



 

 

सर्लाहीको हरिपूर्वा नगरपालिका-५ मा एक युवकले आफ्नी श्रीमतीको गोली हानेर हत्या गरेका छन् । घटनामा युवकका बुवा पनि गोली लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार २७ वर्षीय धीरेन्द्र यादवले गएराति आफ्नी २३ वर्षीया श्रीमती चित्रलेखा यादवलाई गोली प्रहार गरी हत्या गरेका हुन् । कार्यालयका डीएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार चित्रलेखाको टाउको र आँखामा दुई गोली लागेको र घटनास्थलमै उहाँको मृत्यु भएको थियो । घटनामा धीरेन्द्रका ५४ वर्षीय बुबा रामदिनेश घाइते हुनुभएको छ । उहाँको कुहिनोमा गोली लागेको छ । प्रहरीकाअनुसार बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उहाँलाई पनि गोली लागेको हुनसक्ने अनुमान गरिएको छ । घाइते रामदिनेशको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीले दिएको जानकारीअनुसार आरोपी धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारी (कुवेत)बाट फर्किएका थिए । गोली प्रहार गरी फरार रहेका धीरेन्द्रको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

     चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख

बालेन र रविदेखि आशिका तामाङसम्मको बचाउमा उत्रिए प्रचण्ड

    सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहसँग अघोषित सहकार्यमा उत्रिएका माओवादी

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

    चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक

पोखरा फाइनान्सका सीईओ रविचन्द्र गुरुङ पदमुक्त

  पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ