एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो



 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर आतंक नै थियो भन्दै हिंसा शब्द असंसदीय नरहेको बताएका छन् । प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले द्वन्द्वको क्रममा समाज परिवर्तनको लागि भनेर बलिदान दिएका माओवादी कार्यकर्ताप्रति भने एमालेको सम्मान रहेको प्रष्टयाए । पोखरेलले भने, ‘माओवादीले गरेको हिंसामात्र थिएन आतंक नै थियो । बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन् आतंक थिए । माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ । हो हामीले मानेका छौं कि माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो । समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौं र अहिले पनि गर्छौं । महासचिव पोखरेलले हिंसा शब्दको विरोध गरेर माओवादीले संसद अवरोध गर्नुको अर्थ नरहेको भन्दै गैरन्यायिक हत्याका घटनामा माफी नहुने भनेर माओवादीले नै हस्ताक्षर गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह