श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा



हाम्रो इकोनोमि

 

 

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्नेगरी संसद् विघटन गर्नुभएको हो । श्रीलंकामा पछिल्लो संसद् अधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद् विघटन निर्धारित समयभन्दा ११ महिना अगाडि भएको छ । राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद् विघटन गर्ने स्पष्ट पार्नुभएको थियो । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बन्नुभएका ५६ वर्षीय दिसायनाकेले संसद् भंग गरेर निर्वाचनको मिति तोक्नुभएको हो ।

श्रीलंकाको नवौं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेपछि उहाँले आफू लोकतन्त्र जोगाउन र नेताहरुको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभएको थियो । साथै, उहाँले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताउनुभएको थियो । उहाँले आफू जादुगर नभई आर्थिक संकटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभएको थियो, ‘म जादुगर होइन । म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामुहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...