एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्ने बताएका छन् । सिन्धुलीमाडीमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने दाबी गरे । पोखरेलले भने अहिले देशमा देखिएको संकटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुर्‍याए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउँछ । त्यसकारण पनि राष्ट्रिय शक्तिहरू एकतावद्ध हुनुपर्छ । नेकपा एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्छौं । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गर्न देशव्यापी रूपमा पार्टी सुदृढ गर्ने, पार्टी पंक्तिलाई अघि बढाउने र भएका कमी कमोजोरी सुधारको अभियान चलिरहेको उनले बताए । एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिहरूलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधीनता, अखण्डको पक्षमा उभ्याउने पोखरेलको भनाइ छ । नेपालमा कांग्रेस र कम्युनिष्टहरूको दुई आयामिक सम्बन्ध रहेको भन्दै पोखरेलले अप्ठ्यारो र संकटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिस्पर्धा हुने गरेको बताए । वर्तमान संकट टार्न र मुलुकको परिस्थिति थप नबिग्रियोस् भनेर साझा सहमतिका साथ एमाले-कांग्रेस एकठाउँ उभिएको उनको भनाइ छ । पोखरेलले भने, ‘अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौं भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौं । यो हाम्रो क्लिएर धारणा छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...