मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ



 

 

साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो । साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो ।  घरभित्र प्रसाईं र उनीसँगै रहने केही युट्युबर थिए । प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए । विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई