विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन



 

 

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् । आज दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताउनुभयो । नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन् ।’ पोखरेलले भन्नुभयो, ‘विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस् ।’ विदेशमा रहेको केही युवा जमातले दलहरूप्रति विषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताउनुभयो । एमालेले ४० वर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्ने गरी प्रभावकारी योजना निर्माण गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको