माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल



 

 

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै गएको बताएका छन् । पार्टी बागमती प्रदेश कमिटीको दशौं राष्ट्रिय महाधिवेशन सन्देशसभालाई सम्बोधन गर्दै उनले अब माओवादी कुनै प्रयोग काम नलाग्ने बताए । उनले भने  माओवादीले एकपछि अर्को प्रयोग गर्छ, अब माओवादी एक्लैले माओवादभित्रै रहने प्रयोगहरुले माओवादीलाई हरेक दिन तल लैजान्छ । हरेक दिन कमजोर बनाउँदै क्रान्तिबाट टाढा बनाउँदै लान्छ । आजको स्थिति त्यो छ । उनले कांग्रेस आफैं बलियो हुने पार्टी नभएको भन्दै अरु कमजोर हुँदामात्रै बलियो हुने पार्टीको संज्ञा दिए । महासचिव भुसालले कांग्रेसको आफ्नो नीति र सिद्धान्त नभएको भन्दै गुटको महासंघको रुपमा रहेको टिप्पणी गरे । उनले भने, ‘सिद्धिसकेको कांग्रेस ओलीको हनुमान नाचले बौरियो, कम्युनिष्ट आन्दोलनको विरुवा उखेलेपछि अहिले बौरिएको छ । अहिले ती दुईवटा मिलेर मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् । नेता भुसालले राम्रो व्यवस्था भएको भए दुई पटक संसद विघटन गर्ने ओलीलाई भविष्यमा समेत राजनीति गर्न अयोग्य भनेर नालायक सावित गर्न सक्नुपर्नेमा अहिले नेता भएर हिँडिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक