समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति लक्षित गर्दै समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौं । सुशासन कायम त हामी गर्छौं गछौं । तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं । उहाँले आफूहरुले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...