कैलालीमा शिक्षकलाई भित्रै थुनेर मूल गेटमा ताला



हाम्रो इकोनोमि

 

 

कैलालीको घोडाघोडी नगरपालिकाले शिक्षा  विद्यार्थीले आन्दोलन सुरु गरेका छन् । शिक्षा नियमावली २०५९को नियम ९३ मा विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, नगरपालिकाले नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछि विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् । नगरपालिकाको गैर कानुनी नियुक्ति सच्चाउनु पर्ने भन्दै पहलमानपुरस्थित श्री कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज विद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले कार्यालय र मूल गेटमा ताला लगाएका हुन् । मुलगेटमा विद्यार्थीहरूले तालाबन्दी गर्दा अधिकांश शिक्षकहरू भित्रै थुनिएका छन् । यस अघि विद्यार्थीहरूले नगरपालिकाको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहलाई माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति बुझाएका थिए । नयाँ प्रअ पठाउने भन्ने सूचनाप्रति हामी अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको ध्यान आकर्षित भएको छ । प्रधानाध्यापक परिवर्तन तथा शिक्षक सरुवा कानुन सम्मत र विद्यार्थीहरूको पढाइलाई प्रभावित नपर्ने गरी गरिनुपर्छ ’ नगरपालिकामा विद्यार्थीहरूले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । विद्यालय यहाँसम्म ल्याई पुराउन शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको तर, अहिले नगरपालिकाले विद्यालयलाई धराशायी बनाउन लागेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...