नेपाल आयल निगम महेन्द्रनगर डिपोका एक कर्मचारीको हत्या



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ । सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज विहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेका हुन् । उनको कर्मचारी प्रकाश यादवले हत्या गरेको प्रहरीले जनाएको छ । यादव धनुषाको सबैला नगरपालिका १० छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आज विहान करिब १० बजे वर्माको हत्या भएको जानकारी दिए । हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले बताए । मृतक वर्माको शव अहिले घटनास्थलमै छ । स्रोतका अनुसार सरसफाईको विषयमा वर्मा र यादवबीच हिजो कार्यालयमै विवाद भएको थियो । सोही निहुँमा उनको हत्या गरिएको हुन सक्ने प्रहरीले  जनाएकाे  छ । मृतक वर्मा क्लिकमाण्डु डटकमका बरिष्ट उपसम्पादक राजेश वर्माका भाई हुन् । घटनाबारे पत्रकार वर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जागिरको क्रममा सहमति असहमति हुन्छ, तर असहमति हुँदैमा कसैको ज्यान नै लिनु निक्कै ठूलो अपराध हो । आज मेरो आफ्नो भाई यो संसारमा रहेन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...