साताको अन्तिम दिन ३६ अंक घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो । ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स ०.९, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.१, लगानी ०.९, जीवन बीमा २.०, उत्पादन ०.९, माइक्रोफाइनान्स २, निर्जीवन बीमा १.८, व्यापार ०.६ तथा अन्य ०.५ प्रतिशत घटे । कुथेली बुकरी स्मल हाइड्रोपावर तथा रसुवागढी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावरको ८.४, मितेरी डेभलपमेन्ट बैंकको ७.८, पिपुल्स हाइड्रोपावरको मूल्य ७.६ प्रतिशत घट्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ५.८, एनआरएन इन्फ्रास्ट्रक्चरको ५, तारागाउँ रिजेन्सीको ५, तथा नाडेप लघुवित्तको ४.७ प्रतिशत मूल्य घट्यो । गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र राधि पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...