साताको अन्तिम दिन ३६ अंक घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो । ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.८, विकास बैंक १.१, फाइनान्स ०.९, होटल तथा पर्यटन १.८, हाइड्रोपावर ०.१, लगानी ०.९, जीवन बीमा २.०, उत्पादन ०.९, माइक्रोफाइनान्स २, निर्जीवन बीमा १.८, व्यापार ०.६ तथा अन्य ०.५ प्रतिशत घटे । कुथेली बुकरी स्मल हाइड्रोपावर तथा रसुवागढी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावरको ८.४, मितेरी डेभलपमेन्ट बैंकको ७.८, पिपुल्स हाइड्रोपावरको मूल्य ७.६ प्रतिशत घट्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ५.८, एनआरएन इन्फ्रास्ट्रक्चरको ५, तारागाउँ रिजेन्सीको ५, तथा नाडेप लघुवित्तको ४.७ प्रतिशत मूल्य घट्यो । गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र राधि पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...