बाँकेमा बस दुर्घटना, २७ जना घाइते



हाम्रो इकोनोमि

 

 

बाँकेमा भएको बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बिहान सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । जानकी गाउँपालिका-६ कोठारपुरमा बस सडकमै पल्टिएको थियो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता नारायण डाँगीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...