दशरथ रंगशालाले देशकै बेइज्जत भयो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका छन् । रजत पदक जितेका महिला भलिबल खेलाडीलाई बिहीबार पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भएको खेलबाट दशरथ रंगशालाले देशकै बेइज्जत गरेको बताएका हुन् । ‘दशरथ रंगशालाको खेल मैदान धेरै विग्रिएको छ । म २०४४ सालमा जेलबाट छुटेपछि खेल पनि हेर्ने गरेको छु । त्यहाँ जाने पनि गरेको छु । यति साह्रो बिग्रिएको खेल मैदान देख्या थिएन । अहिले त हिलै छ,’ उनले भने, ‘अस्ति एउटा खेल हेर्दाखेरि देशकै बेइजत भयो । त्यसकारण देशकै बेइजत हुने खालको स्थिति हुनु हुँदैन । प्रधानमन्त्री ओलीले उक्त रंगशालाको दुरुपयोग नगर्न आग्रह गरे । उनले रंगशाला फुटबलका लागि बनाइएको भन्दै त्यसैका लागि मात्र प्रयोग गर्न निर्देशनसमेत दिए । ‘बढी क्यापासिटी भएको रंगशाला हामीसँग छैन । हामीलाई २०÷२५ हजारको क्यापासिटी भएको मैदान चाहिन्छ । त्यस्तो मैदान त चुस्त दुरुस्त चाहिन्छ नै । त्यसको दुरुपयोग भयो । खासगरी यो मैदान स्तरीय खेलका लागि हो । फुटबल खेलका लागि हो । त्यसमै प्रयोग होस्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...