प्रधानमन्त्रीबाट महिला भलिबल टीमलाई पुरस्कार वितरण



 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान आयोजित कार्यक्रममा क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई २ लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही १ लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए । आज पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधा वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाए । हरेक प्रदेश र जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडी अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको उनले सुनाए । धानमन्त्रीले भने, ‘सिक्नका लागि अनुकूलता, वातावरण चाहिन्छ । कहाँ सिक्ने, कसरी सिक्ने त्यसका निम्ति अस्ति खेलाडी टीमले पनि बताइसकेको छ । हामीलाई लगातार सिक्नका लागि कभर्ड हल आवश्यक छ । हरेक मौसममा सिक्नका लागि कभर्ड हल आवश्यक छ । हामीसँग कभर्ड हल छैन । अहिले हामी कभर्ड हलको कुरा गर्दैछौँ । प्रदेश प्रदेशमा भयो भने सकेसम्म जिल्ला, जिल्लामा पुग्यो भने हामी त्यहीँ सिक्न सक्छौँ । हामी जित्न सक्छौँ । सर्वोत्कृष्ट टिम बन्नसक्छौँ । दक्षिण एशिया, एशिया र सिंगै विश्वकै हुन सकिन्छ । नसक्ने भन्ने केही छैन । सुविधा खेलाडीलाई उपलब्ध गराउने कुरामा अलि बढी ध्यान दिनुपर्छ । यसमा हामी सबैको ध्यान गएको छ । दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
सभ्य नेपाली समाजबाट छानिएका प्रतिनिधि हौं, बोल्दा विचार गरौं : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई सदनमा बोल्दा भाषमा ध्यान दिन आग्रह

विवाह, अंशबन्डा, ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् : सभापति थापा

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति

रविलाई कारवाही सिफारिस गर्ने कि नगर्नेमा समितिभित्र विवाद

    सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

धनराज गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस

    नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न