काठमाडौंको शंखमूलमा एक पुरूषको हत्या



हाम्रो इकोनोमि

 

महानगरपालिका-१० शंखमूल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या भएको थियो। उनको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमार छन्। उनलाई प्रहरीले बुधबार बिहान सवा १० बजे डेराको कोठाबाट पक्राउ गरेको एसपी अधिकारीले बताए। एसपी अधिकारीका अनुसार पुरानो रिसइबीका कारणले रडले प्रहार गरी हत्या गरेको उनीमाथि आरोप छ।  ‘उनीहरू नजिकै बस्ने हुन्। प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच व्यक्तिगत रिसइबी देखिएको छ,’ उनले भने, ‘थप अनुसन्धानबाट खुल्छ।’ सोमबार बिहान १:५० बजे साइबाबा पार्कस्थित घरको भुइँ तलामा रूपक अचेत र रगताम्य अवस्थामा फेला परेका थिए। उनले सोही ठाउँमा स्नुकर हाउस सञ्चालन गर्दै आएका थिए। स्नुकर हाउसको सोफामा उनी रगताम्य अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त बानेश्वरबाट प्रहरी खटिएको थियो। उक्त टोलीले रूपकलाई उद्धार गरी नजिकैको सिभिल अस्पतालमा पुर्याएको थियो। अन्दाजी साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले उनलाई पक्राउ गरी प्रहरी वृत्त बानेश्वरमा राखेको छ। प्रहरीले घटनामा प्रयोग भएको रड र मृतकको चेक, चस्मा, व्याग र लुगा पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...