अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या



हाम्रो इकोनोमि

 

 

अमेरिकामा एक नेपाली छात्राको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत छात्रा मुना पाण्डेलाई उनी बस्ने अपार्टमेन्टमै गोली प्रहार भएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेन्ट’ को रूपमा २०२१ मा अमेरिका पुगेकी थिइन् ।  उनी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ (पोष्टमार्टम) का लागि शव अस्पताललाई जिम्मा लगाएको समाचारमा जनाइएको छ । सोमबार अपरान्ह अज्ञात नम्बरबाट अपार्टमेन्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको थियो । त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरे । प्रहरीले अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पार्‍यो ।  नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिनअघि कुराकानी भएको थियो । मुना उनको एउटै मात्र सन्तान रहेको समेत उनले बताइन् । हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ । वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडिओ फुटेजहरू प्रहरीले लगिसकेका छन् । त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ । उनी केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको र कोठाभित्र भेटिएका पुरूषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुष समेत बस्ने शंका गरिएको छ । मुनालाई तीनवटा गोली हानिएको थियो । ओछ्यानमा देखिएको रगतको टाटाले समेत उनलाई शरीरको माथिल्लो हिस्सामा पहिले गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ । २१ बर्षिया मुनाको नेपालमा आमामात्र छिन् । माता-पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...