महोत्तरीको रामगोपालपुर-२ का वडाध्यक्ष मृत फेला



हाम्रो इकोनोमि

 

 

महोत्तरीमा एक जना वडाध्यक्ष मृत फेला परेका छन् । रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् । यादव मृत फेला परेको छेउमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । डिएसपी जयसवारका अनुसार मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ । तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...