चितवनको घुमाउनेमा बस दुर्घटना, १७ जना घाइते



हाम्रो इकोनोमि

 

मुग्लिङ(नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

घाइतेहरूको नामावली

१.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट, सामान्य ।

२.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा, सामान्य ।

३.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि.क.सामान्य ।

४.जि.कैलाली लम्किचुहा  न.पा.३.बस्ने  बस्ने वर्ष २७ की कृष्णा वि.क.सामान्य ।

५.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।

६.जि.कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार, सामान्य ।

७.जि.कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना, मध्यम ।

८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट, सामान्य ।

९.जि.बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा, मध्यम ।

१०.जि.कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का, सामान्य ।

११.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट, सामान्य ।

१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम, मध्यम ।

१३.जि.कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की, सामान्य ।

१४.जि.बैतडी दशरथचन्द न.पा.२ बस्ने वर्ष ३७ को जनक बिजाली, सामान्य ।

१५.जि.कन्चनपुर भीमदत्त न.पा.४ बस्ने वर्ष २३ को विनोद सार्की, सामान्य ।

१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने वर्ष ३३ को देवबहादुर भुल, सामान्य ।

१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ को विपिन न्यौपाने, मध्यम ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...