भारतको औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सवा २ बजे आन्ध्रा प्रदेशको अनाकापल्ली जिल्लामा रहेको इसेन्सिया एड्भान्स साइन्सेस प्लान्टमा विस्‍फोट हुँदा १७ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।  यस घटनामा ३४ जना घाइते समेत छन्। प्लान्टको रसायन मिश्रण गर्ने ठाउँ ‘केमिकल रियाक्टर’बाट विस्फोट भएको समाचारमा उल्लेख छ । मुख्यमन्त्री चन्द्रबाबु नायडूले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् । व्यवस्थापनको कमजोरी देखिए कारबाही गर्ने समेत चेतावनी दिएका छन् । विस्फोटबाट ठूलो मानवीय क्षति हुनसक्ने आकलन गरिएको थियो। खाजा खाने समयमा भएको विस्फोटका कारण कम क्षति भएको टाइम्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...