अमेरिकामा हतियार प्रतिबन्ध लगाउनुपर्ने बाइडेनको भनाई



 

 

अमेरिकी राष्ट्रपति जो बाइडेन विदाइका बेला भावुक बनेका छन् । सोमबारको बिदाइ कार्यक्रमलाई सम्बोधनको क्रममा स्टेजमा उक्लिएका उनले सहभागीहरुलाई धन्यवाद दिए । अनि भने, ‘अमेरिका आई लभ यु । सम्बोधन अगाडि उनले आफ्नी छोरी एशले बाइडेनलाई अंकमाल गरे । सम्बोधन अवधिभर उनले पटकपटक कमला ह्यारिसको नाम लिए । कमला ह्यारिस डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार छिन् । रिपब्लिकन उम्मेदवार ट्रम्पसँग सुरुमा बाइडेन नै चुनाव लड्ने भनेर अभियान चलाइएको थियो । तर, पछि बाइडेन पछि हटेका थिए । हाल कमला राष्ट्रपति पदको र टिम वाल्ट्ज उपराष्ट्रपति पदको उम्मेदवार छन् । बाइडेनले आफ्नो सरकारको पालामा भएको कामबारे पनि सुनाए । आफूले मध्यमवर्गका लागि काम गरेको भन्दै उनले कोभिड १९ को महामारीको बेला विश्वको सबैभन्दा मजबुत अर्थव्यवस्था बनाउन सकेको जिकिर समेत गरे ।यी सबै काममा उपराष्ट्रपति कमला ह्यारिसको योगदान पनि उल्लेख्य रहेको भन्दै उनले प्रशंसा गरे । ट्रम्पका समर्थकले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा गरेको आक्रमणको स्मरण गर्दै उनले ट्रम्प लोकतन्त्रका लागि खतरा भएको समेत बताए । लोकतन्त्रको रक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘हामी अमेरिकाको आत्माका लागि भइरहेको लडाइँमा सामेल छौं । अमेरिकामा भइरहने बन्दुक हिंसा अन्त्यका लागि हतियारमा प्रतिबन्ध लगाउनुपर्ने पनि उनले बताए । ‘अन्य स्थानको तुलनामा अमेरिकामा बन्दुकबाट सबैभन्दा धेरै बालबालिका मारिन्छन् । त्यसैले कमला र मैले बन्दुक सम्बन्धी कानुन पारित गरेकोमा गर्व लाग्छ । अब हतियारमा प्रतिबन्ध लगाउनुपर्ने समय आएको छ । बाइडेनले इजरायल-प्यालेस्टाइन युद्धमा दुवैतर्फबाट धेरै सर्वसाधारण मारिएको भन्दै त्यसलाई रोक्नु सबैभन्दा चुनौतीपूर्ण भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
अर्को पार्टीमा जान्नँ, नयाँ ढंगले अघि बढ्छु : डा.भीम रावल

    –तपाईंलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी हटाउने एमालेको निर्णयलाई कसरी लिनुहुन्छ

विभान्ता, हिमाल डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

      काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पीटल

हामीले नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।