एकै महिनामा शेयर बजारबाट उठ्यो सवा ४ अर्ब राजस्व



हाम्रो इकोनोमि

 

 

सत्ता समीकरण बदलिएसँगै शेयर बजारको अंक समीकरण बदलिएको छ । जसका कारण लगानीकर्तालाई मात्र होइन सरकारलाई पनि फाइदा भएको छ । नेप्सेको अंक मात्रै बढेको छैन, बजारमा कारोबार पनि बढेको छ । अहिले दैनिक जसो २३, २४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भइरहेको छ । अहिलेसम्मकै उच्च कारोबार भनेको पौने ३० अर्ब रुपैयाँसम्म हो । शेयर बजारबाट गत एक आर्थिक वर्षभरिमा पनि उठ्न नसकेको राजस्व एकै महिनामा उठेको छ । अर्थमन्त्री विष्णु पौडेलले असार ३१ गते अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै बजार अघि बढिरहेको छ ।  सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा मात्र लगानीकर्ताले सरकारलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । यस अघि नेप्से उच्च बिन्दुमा रहँदा शेयर बजारमा मासिक औसत दैनिक कारोबार १२ अर्ब रुपैयाँ पुगेको थियो । अहिले दैनिक औसत २० अर्बको हाराहारीमा कारोबार भइरहेको छ । शेयर कारोबारमा लगानीकर्ताले नाफा कमाउँदा सरकारलाई निश्चित प्रतिशत रकम पुँजीगत लाभकर शीर्षक अन्तर्गत तिर्नुपर्छ । एक वर्षभन्दा कम अवधिका (अल्पकालीन) अर्थात् शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि शेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...