मोटरसाइकल दुर्घटनामा बरिष्ठ हबल्दारको मृत्यु



हाम्रो इकोनोमि

 

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ । बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक  वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३ बजेर १९ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लमजुङको राइनास नगरपालिका, धमिलीकुवाका ४३ वर्षीय श्रेष्ठ मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनी आफैं मोटरसाइकल चलाएर चितवनको खोलेसिमलस्थित निवासमा आउने क्रममा बिहानपख पौने तीन बजेतिर दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...