सहकारीको रकम हिनामिनाबारे रास्वपा सहमहामन्त्री आचार्यसँग लिइयो बयान



हाम्रो इकोनोमि

 

 

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनबारे रास्वपा सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो । आचार्यको नाम सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा जोडिएको छ । सहकारीबाट २०७८ पुस १२ गते विपीनकुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ । उनले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ । पछिल्लो समय सरोकारवाला निकायसँगै संसदीय समितिले सहकारी ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर समेत समितिले निरन्तर छलफल गरिरहेको छ । छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहको समिति सभापति सूर्य थापाले जानकारी दिए । यसअघि सदनमा सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...