सरोकारवालाहरु भन्छन् ‘शासन प्रणाली सुध्रिए मात्र देश सुध्रिन्छ’



 

 

देशको शासन प्रणाली सुध्रिए मात्र देश सुध्रिने सरोकारवालाहरुले बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंले आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले भावि पुस्ताका लागि भएपनि अहिलेको शासन प्रणाली सुध्रनु जरुरी रहेको बताएका छन् । कार्यक्रममा वर्तमान अवस्थामा शासकसँग नागरिक खुसी नभएकोले पहिलो नम्बरमा शासक नै सुध्रनु पर्नेमा सरकोकार वालाहरुले जोड दिएका छन् । कार्यक्रम प्रमुख अथितीको आसनबाट बोल्दै संसदीय राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले वर्तमान सरकारले भ्रष्टचारका विषयमा हदबन्धी राख्ने प्रावधान ल्याउन खोजेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले शुसासनका लागि जनताका पक्षमा कानुनहरु निर्माण गर्नुपर्ने जरुरी रहेको बताएका हुन् । खतिवडाले भने– ‘जनतामा निरासा छ । दुई वटा ठूला पार्टी मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारका प्रधानमन्त्रीले आफु नियुक्त भइरहदा पहिलो प्रतिवद्धता प्रधानमन्त्री ज्युले देशलाई शुसासन दिने परिकल्पनाका कुराहरु गर्नु भएको छ । म उहाँलाई शुभकामना दिन चाहन्छु । जनतामा केही गरेर काम अब ढिला नगरी गर्न अनुरोध गर्दछु ।’ उनले कार्यकारी प्रमुख, संस्थाका प्रमुख, विभागीय प्रमुख, मन्त्रालयका प्रमुखहरु जे हुनुहुन्छ आफ्नो ठाउँबाट कानुन सम्बद रुपमा जनतालाई दुख नदिने गरी सहि निर्णय गर्ने हो भने सुशासन टाढा नभएको बताएका छन् । उनले विगतमा भएको एनसेल काण्डको विषय स्मरण गर्दै जसले बदमासी गर्छ त्यो नै पहिले सबै नेतृत्वमा पुग्ने गरेको बताए । सोहि कारण काम गर्ने वातावरण सृजना गर्न अफ्ठेरो रहेको पनि उनले बताएका छन् । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेट र ट्रङलाईनको विवादका विषयमा उनले भने– ‘कसैको पनि आट होला ? नेपाली जनताहरु १८ घण्टा अन्धकारमा बसेका वेला २४ घण्टा उद्योग धन्दालाई विजुली दिने अनि त्यो वापतको पैसा दिनुहोस् भन्दा पैसा दिनौं भन्ने । जति प्रयोग गरेको छ प्रयोग गरेको सबै पैसा व्यापारीहरुलाई बुझाउनै पर्छ । विभिन्न वाहानामा यसलाई रोक्न पाइदैन ।’ २÷४ हजार रकम नदिर्ता लाइन काटिने तर लाखौं करोडौं हुँदै अर्व पुगेपछि जोडिने पद्दतीको विकास हो भने त्यसले सुशासनको अनुभुति नदिने खतिवडाको जिकिर थियो । कार्यक्रममा महालेखा परिक्षक तोयम रायले सबै तहको लेखा परिक्षण गर्ने र लेखा परिक्ष गरेपछि तत तत निकायमा प्रतिवेदन दिने तर त्यस उपर छलफल ढिलो हुने बताएका छन् । उनले भने– ‘कतिपय अवस्थामा प्रतिवेदन पेश गर्छौ । त्यहाँ धेरै विषय उल्लेख गरिएको हुन्छ । ति प्रतिवेदनहरु समयमा छलफल भएनन् भने त्यसमा उठाइएका विषयहरु अलिक ढिलो छलफल भयो भने त्यति धेरै अर्थ रहदैन ।’ प्रतिवेनका विषयमा राम्रोसँग छलफल गरेर कार्यान्वयनमा ल्याएमा केही हदसम्म सुशासनको केही संकेत चै दिन सकिने उनले बताए । उनले यहि वर्ष पनी विभिन्न आठ वटा क्षेत्रमा प्रतिवेदनहरु पेश गरेको बताएका छन् । अर्थतन्त्र, शासकीय प्रवन्ध, सम्पत्ति व्यवस्थापन, वित्तिय व्यवस्थापन, खरिद व्यवस्थापन, सूचना प्रविधिलगयात विषयमा प्रतिवेदन प्रस्तुत गरेका उनले बताए । कतिपय कानुनहरु एक आपसमा बाझिएका छन् त्यसले गर्दा के गर्ने हो कता जाने हो भन्ने विषयमा अलमल भएको रायले बताए । उनले संघियतामा प्रवेश गरेपछि कतिय ऐनहरु तत्काल आउनुपर्ने मा ढिलो भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले जनताले सुशासन खोज्ने ठाउँ अख्तियार भएको बताएका छन् । उनले जनताले गुनासो गर्ने प्रत्येक निकायमा भएपनि जनताले तत निकायमा उजुरी गर्ने भन्दा अख्तिायारमा नै उजुरी गर्ने गरेको बताए । उनले जनताले विभिन्न तरिकाले उजुरी गर्ने र त्यस उपर कार्वाही गर्ने उनले बताए । उनले भने– ‘आएका उजुरी माथि हामी छानविन गर्छौ । त्यसमा अनुसन्धान र कार्वाही गर्छौ । विशेष अदालतसम्म लान्छांै हामिले हामिले त्यसका लागि विभिन्न कानुनहरु प्रयोग गछौं ।’ शुसासन कायम गर्ने काममा ठूलो चुनौति देखिएको पनि उनले बताएका छन् । राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले आउने पीडिलाई टिकाइ राख्न शुसासनको आवश्यकता रहेको औंल्याएका छन् । उनले अबको औजार राजनीतिक, आर्थिक, प्रसाशनीक शुसासन आवश्यक रहेको बताएका हुन् । राजनीतिक तथा प्रशासनीक नेतृत्वले पनि नैतिकता, निष्ठा ,विवेकसिलतामा आधारीत रहेर कृयाकलाप सञ्चालन गर्ने हो भने पक्कैपनि शुसासन स्थापित गर्न सक्छौं । उनले भने– ‘सबै खोसा खोस देश विग्रे दोषा दोष । देश विग्रे के कारणले रु कर्मचारीका कारणले, राजनीतिका कारणले, पत्रकारका कारणले तर हाम्रो भुमिका के छ भन्ने मा हुन्छ । सकेसम्म कर छली गर्ने कर कानुनको परिपालना नगर्ने खालका अवैधानीक र अनैतिक गतिविध गर्ने गरेको पाइन्छ । अनि कहाँ हुन्छ शुसासन ।’ नेपाल समचार पत्र दैनिकका सम्पादक सागर पण्डितले देशको अवस्था दयनीय भएको उल्लेख गरेका छन् । उनले सर्वप्रथप देशमा शुसासन कायम गर्न पहिले शासक सुध्रनु पर्ने जिकिर गरेका हुन् । उनले भने– ‘शुसासन कोमामा पुगेको छ । लगभग लगभग मृत सोसरह पुगेको छ । जनतामा यस्तो निरासा छ कि शुसासन हुन्छ की हुँदैन् भन्ने छ । अहिलेका शासकहरुबाट देशमा शुसासन हुन्छ भन्ने विषय एक रति पनि जनतामा विश्वास छैन । हाम्रो मुलुकको नेता, कर्मचारी र व्यावारीहरु सुध्रनु पर्छ । यदि शुसासन कायम गर्ने हो भने ।’ उनले पछिल्लो पटक सरकारले भ्रष्टचारमा विषयमा हदम्यादको विषयमा कानुन बनाउन खोजेको भन्दै यसको विरोध गर्नुपर्ने बताएका छन् । कार्यक्रम केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न